काठमाडौं – काठमाडौंको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो ।
बुधबार मध्यान्ह १२:४० बजेदेखि आगलागी सुरु भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार, पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो । भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ। यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन् ।
आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्। आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ ।