काठमाडौं – सर्लाहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१ बिलन्दिका सोमबहादुर थिङको १२ वर्षीय छोरा सुरज थिङ्गको बिलन्दि खोलामा डुबेर मृत्यू भएको हो ।
मंगलबार अपरान्ह बिलन्दी खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनको डुबेर मृत्य भएको प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।