logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपडेट : सुबिसुको आगलागी नियन्त्रणमा, करोडौंको क्षति भएको अनुमान


अंकुरण खबर
1.3K
Shares

काठमाडौं – काठमाडौंको बालुवाटारस्थित स्थित सुविसुको केन्द्रिय कार्यालयमा आगलागी हुँदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बुधबार मध्यान्ह १२:४० मा लागेको आगो समयमा नै नियन्त्रण लिन नसकिंदा ठूलो आर्थिक क्षति भएको छ । प्रधानमन्त्री निवास तथा राष्ट्र बैंकको नजिकै भएको आगलागीमा समयमा नै दमकल नपुग्दा ठूलो आर्थिक क्षति भएको सुबिसुका कर्मचारीले बताएका छन् ।

आगालागीको खबर पुगेको आधा घण्टामा काठमाडौं महानगरपालिकाको पहिलो दमकल घटनास्थलमा पुगेको थियो । उक्त दमकलमा पानी नहुँदा फर्किएको र अर्को दमकल आउन थप १०/१५ मिनेट समय लाग्दा आगलागीबाट ठूलो क्षति भएको बताइएको छ । नेपाली सेनाको दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको हो ।

ठूलो आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको भएपनि यति नै अंकमा क्षति भएको भनेर भन्न नसकिने सुबिसुले जनाएको छ ।