कावासोती – नारायणी नदीमा छोराछोरीसहित हामफालेकी एक महिलाको उद्धार गरिएको छ भने दुई बालबालिकाको ज्यान गएको छ ।
पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माको साढे दुई वर्षीय छोरा अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको हो । उनीहरुले नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हाम फालेका हुन् ।
आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । आमा विश्वकर्मा अहिले प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । उनका श्रीमान प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।