logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु


अंकुरण खबर
2.041K
Shares

काठमाडौं – ट्रकको ठक्करबाट धादिङमा एक जना पैदलयात्रु भारतीय नागरिकको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले धुनीबेसी नगरपालिका– ६ नौबिसेमा ठक्कर दिँदा पैदल यात्री भारतीय नागरिक ४० वर्षीय सत्यनारायण दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भोलामानसिंह अधिकारीले जानकारी दिए ।

दुर्घटनापछि घाइते भएका दासको धार्के शिवदर्शन अस्पतालमा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल काठमाडौं लिएपनि उनको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पक्राउ परेका छन् ।