logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशी मुद्राको भाउ उकालो लाग्दै, यस्तो छ आजको विनिमय दर


अंकुरण खबर
4.29K
Shares

काठमाडौं – यो हप्ता लगातार विदेशी मुद्राको भाउ बढिरहेको छ । बिहीबार पनि केही कतारी रियाल बाहेक सबै विदेश मुद्राको भाउ बढेको छ । भाउ बढिरहेका बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो।

यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो ।

बिहीबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा  थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।