logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोलाले बगाउँदा फ्रान्सेली नागरिक बेपत्ता


अंकुरण खबर
2.73K
Shares

काठमाडौं – मानसरोवर जानका लागि आएकी फ्रान्सकी एक महिला खोलाले बगाउँदा बेपत्ता भएकी छिन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखोलामा खुट्टा धुने क्रममा फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड बेपत्ता भएकी हुन् । बिहीबार बिहान साढे १० बजे खोलामा चिप्लिएर बेपत्ता भएकी र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानसरोवर जानका लागि उनी बुधबार पोतला होटलमा बसेको प्रहरीले जनाएको छ ।