logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य अहिलेसम्मकै उच्च रेकर्ड, आज तोलामा कति पुग्यो ?


अंकुरण खबर
1.742K
Shares

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको भाउ तोलाको ७० हजार पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

साउन लागे यता लगातार बढ्दै आएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले मूल्य बढेको महासंघले जनाएको छ ।