logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेतमा पानी लगाउन गएका ब्यक्ति मृत फेला


अंकुरण खबर
1.586K
Shares

काठमाडौं – गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा खेतमा पानी लगाउन गएका एक जना ब्याक्ति मृत फेला परेका छन् । धुर्कोट गाउँपालिका–६ टिम्मुर खर्क निवासी ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको हुन् ।

बुधबार साँझ खेतमा पानी लगाउन गएका उनी राति अबेरसम्म घरमा नआएपछि परिवार खोज्न जाँदा खेतमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर्तिको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको जनाईएको छ ।