logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किरिया गरिएका पूर्वलडाकु जीवितै फर्किएपछि‘


अंकुरण खबर
1.417K
Shares

काठमाडौं – ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए ।

युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए । केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन् ।  तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन् ।  परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए ।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ ९साबिक अर्मा गाविस– ९० का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन् ।

२०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन ।  उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा लोकेन्द्र खनालले लेखेका छन् ।