logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित पर्साबाट एक युवक पक्राउ


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – प्रतिबन्धित लागुऔषधसहित सिन्धुपाल्चोकका एक युवक पर्सामा पक्राउ परेका छन् । भारतको रक्सौलबाट तयारी अवस्थाको प्रतिबन्धित लागुऔषध लिएर नेपाल आउँदै गर्दा उनी आज पर्साको वीरगन्ज महानगरपालिका -१६ इनर्वा आइपुगेपछि पक्राउ परेका हुन् ।

पक्राउ परेका युवक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका – ९ का २६ वर्षीय सम्राट तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको लागुऔषध नियन्त्रण व्यूरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

तामाङले भारतको रक्सौलबाट तयारी अवस्थाको डाइजोपाम, फेनारगन र नुर्फिन १५⁄१५ थान लिएर वीरगन्ज भन्सार एरियामा आइपुगको समयमा इनर्वाबाट पक्राउ गरिएको हो । अभियुक्त तामाङलाई लागुऔषध मुद्दामा थप अनुसन्धान गरी कार्वाहीको प्रकृया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।