logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचारका लागि सिङ्गापुर रहेका प्रधानमन्त्री ओली आइतबार मात्रै स्वदेश फिर्ता हुने


अंकुरण खबर
1.508K
Shares

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने जानकारी दिए ।

शुक्रबार आउनुहुन्छ कि भन्ने थियो तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुने, डा अर्यालले बताए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । ओली नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका हुन्। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्ड गएका थिए।