logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विश्व आदिवासी जनजाति दिवस, विविध कार्यक्रम गरि मनाइँदै


अंकुरण खबर
1.612K
Shares

काठमाडौं – आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

काठमाडौंसहित देशैभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो। आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन उक्त दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस मनाइन्छ ।

विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको दिवस मूल आयोजक समितिका अध्यक्ष तथा संयोजक जगतबहादुर बरामले जानकारी दिए।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।