logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इनारमा खसेर महिलाको मृत्यु


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – इनारमा खसेर चितवनमा एक महिलाको मृत्यु भएको छ । नवलपुर गैँडाकोटका ४० वर्षीय इन्द्रकला भुषालको शुक्रबार इनारमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–९ आदर्शचोक माइती आएकी भुषाल कपडा सुकाउने क्रममा इनारको ढकनीमाथि चढेकी थिइन्। ढकनी भाँचिँदा उनी बिहान साढे ६ बजे इनारभित्र खसेको प्रहरीले बताएको छ ।

उनलाई प्रहरीको टोलीले उद्धार गरी भरतपुर अस्पतालमा पठाएको थियो। उपपचारको क्रममा भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ ।