काठमाडौं – नेपालगञ्ज उपहानगरपालिकाको वीपी चोकमा गए राति आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर उद्योग जलेर नष्ट भएका छन् ।
बिजुली शर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । व्यवसायीहरुले आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको दावी गरेका छन् । १२ वटा फर्निचर पसल र नजिकै रहेको सरदार डेन्टल आर्ट गरी १३ पसलमा आगलागीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
राति ११ बजेतिर सुरु भएको आगो आज बिहान मात्र नियन्त्रणमा आएको थियो ।