काठमाडौं – विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका लोप्साङ भनिने मिलन तामाङ पक्राउ परेका छन् ।
स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरीको गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाकोले जानकारी दिएको छ ।
रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ ।