काठमाडौं – दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको मृत्यु भएको हो ।
भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्कीको सर्पले टोकाइबाट ज्यान गएको प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए।
भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्यान गएको प्रधानाध्यापक विकले बताए । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।