काठमाडौं – प्रहरीले एनसेलको टावरमा आगो लगाउने युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको शिद्धलेक गाउँपालिका-६ का प्रल्हाद सिंखडा छन् । सिंखडालाई जिल्ला प्रहरी कार्यालय घादिङबाट खटिएको प्रहरीको एक टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
सिंखडालाई निलकण्ठ नगरपालिका- ७ स्थित तारूखर्क भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिंखडाले कुमपुरस्थित एनसेलको टावरमा १५ साउन गते आगजनी गरेको प्रहरीले जनाएको छ ।