काठमाडौं – बचत तथा ऋण सहकारी संस्थाको रकम लिएर सञ्चालक फरार भएका छन् । तीनकुनेस्थित दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्थाका सञ्चलक ३ करोड रुपैयाँ लिएर फरार भएका हुन् ।
करिब ५ सय भन्दा बढी सदस्य रहेको उक्त सहकारी संस्थाले सर्वसाधरणबाट धेरै व्याजमा निक्षेप उठाएको थियो । तर सो निक्षेप फिर्ता दिन नसकेपछि सहकारी समस्यामा परेसँगै सञ्चालकहरु फरार भएका हुन् ।
बचतकर्ताले उजुरी दिएपछि प्रहरीले सहकारीमा छापा मारी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ । सञ्चालको खोजी कार्य भइरहेको महानगरीय प्रहरी बृत्त बानेश्वरले जनाएको छ ।