logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय कम्युनिष्ट पाटीका महासचिव येचुरी श्रीनगर विमानस्थलबाट पक्राउ


अंकुरण खबर
1.924K
Shares

काठमाडौं – भारतीय कम्युनिष्ट पार्टी ‘मार्क्सवादी’ का महासचिव सीताराम येचुरीलाई आज दिउँसो जम्मू–कश्मीरको श्रीनगर विमानस्थलबाट हिरासतमा लिइएको छ ।

यसभन्दा पहिले महासचिव येचुरीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र ट्वीट गरेका थिए । उनले पत्रमा आफू र भाकपा नेता डी। राजा आफ्ना पार्टीका अस्वस्थ विधायक युसुफ तरिगामीलाई भेट्न इन्डिगो एअरलाइन्समार्फत श्रीनगर आइरहेको जानकारी गराएका थिए ।

येचुरीले भंग भएको जम्मू–कश्मीर विधानसभाका सदस्य तरिगामीको स्वास्थ्य अवस्था ठिक नभएकाले आफूहरु भेट्न आउन लागेको जानकारी गराएका थिए । भाकपाले आज दिउँसो ट्वीट गर्दै श्रीनगरमा ओर्लने बित्तिकै येचुरीलाई हिरासतमा लिइएको बताएको छ ।