logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस कारण डेंगुले ज्यान लिन्छ, बच्न यस्ता सावधानी अप्नाउनु पर्छ :डा.शेर बहादुर पुन


अंकुरण खबर
4.888K
Shares

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ ।
यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे शहरमा बढी देखिने गरेको पाइन्छ । डेंगु एडिस एजिप्टाइ र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव भाइसल संक्रमण हो ।

डेंगु भाइरसका ४ प्रकार :
डेंगु–१, डेंगु–२, डेंगु–३ र डेंगु–४ । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औंलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भएपनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

 प्रमुख लक्षणहरु :

सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरु मात्र देखिन्छ । संक्रमित मध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने ती मध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्दछ ।

ज्वरो आउने,

टाउको दुख्ने,

वान्ता हेन,

मांसपेशी तथा जोर्नीहरुमा पिडा हुने

छालामा एक प्रकारको रातो दाग देखिने आदि यसका प्रमुख लक्षणहरु हुन् । यो रोग निको हुन दुईदेखि सात दिन सम्म लाग्छ । केही बिरामीहरुमा यो रोग डेङ्गी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । त्यस्तै डेङ्गुको अर्को विकसित रुप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

डेङ्गुको पहिचाको टुङ्गो लगाउन धेरै परिक्षणहरु उपलब्ध छन् । यस्ता परिक्षणहरुमा विरामीको रगतमा डेङ्गुको भाइरस विरुद्ध शरीरले पैदा गर्ने एन्टीबडी वा उक्त भाइरसको आरुएनए पत्ता लगाउने गरिन्छ । केही देशहरुमा डेङ्गुको संक्रमणबाट बचाउनका लागि एउटा खोपलाई मानयता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङगीबाट बच्न लामखुट्टेको वासस्थानहरु नष्ट गर्ने तथा लामखुट्टेको टोकाईबाट बच्नु पर्छ । यसका लागि मानिसको बसोबास क्षेत्रमा अनावश्यक रुपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नशाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिसहरु अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेलामा इबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

प्रायजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भएपनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छः लक्षण् शुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटीकल तथा निको हुने अवस्था रिक्भरी । लक्षण शुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस भन्दा पनि उच्च ज्वरो आउने शरीरमा पिडा महशुश हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् । यो अवस्था प्राय जसो दुई दिनदेखि सात दिनसम्म रहने गर्दछ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्दछ । डेङ्गुको संक्रमण भएका ५०–८० प्रतिशत बिरामीहरुमा लक्षण देखिन शुरु भएको पहिलो वा दोश्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरु देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्दछ । यस्ता फोकाहरुलाई अङ्ग्रेजीमा आइसल्याण्ड अफ ह्वाइट इन असी आफ रेड ९रातो समुन्द्रमा गोराहरुको टापु० भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोशीकाहरु फुटेर छालामा स–साना थोप्लाहरु देखा पर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखा पर्दछन् ।

बच्ने उपाय :

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाईबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नु पर्छ । पानी जम्न सक्ने भाडाहरु जस्तै गमला फुलदान खाली बट्टा अलकत्रा वा मट्टितेल खाली ड्रमहरु गाडीका काम नलाग्ने टायहरुमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्ना बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्दछ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ । लामखुट्टेको टोकाईबाट बच्त लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ ।

घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्र हुन्छ । घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरो विरुद्धको खोप र खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।

डा.शेर बहादुर पुन : संयोजक, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट