logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्तमान सरकार कम्युनिष्टका नाममा कलंक : चित्र बहादुर केसी


अंकुरण खबर
3.679K
Shares

२५ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको सरकार विदेशीको इसारामा चलेको आरोप लगाएका छन् । पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलनमा अध्यक्ष केसीले सरकारले विदेशीको इच्छा बमोजिम काम गर्दा देश संकटमा फसेको जीकिर गरेका हुन् ।

वर्तमान सरकारका मन्त्री तथा नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शको खिल्ली उढाउने खालका भएको अध्यक्ष केसीको भनाई थियो ।

अध्यक्ष केसीले राज्यका शिक्षा, स्वास्थ्य लगाएतका हरेक क्षेत्रमा भ्रष्टचार मौलाउनु र अराजक्ता बढ्नुमा सरकारकै हात रहेको बताए ।

 चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको अध्यक्ष केसीले बताए ।
केसीले नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।