logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मायादेवी गाउँपालिकाको गाडीमा आगजनी


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ ।

गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन् । शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।

राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।