logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भक्तपुरमा एउटै बसले तीन वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते


अंकुरण खबर
3.458K
Shares

काठमाडौं – भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि चारवटा बस ठोक्किएका छन् । एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिएको हो । ठक्करबाट १६ जना व्यक्ति घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको प्रहरीले  जनाएको छ । आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराज ठकुरीलाई ठिमी प्रहरीले नियन्त्रणमा लिएको छ ।