logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन भदौ ८ गतेबाट


अंकुरण खबर
1.014K
Shares

काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  ।

कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो  । कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको  छ ।