logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोक सेवा विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ११ जना पक्राउ


अंकुरण खबर
962
Shares

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिको लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सिंहदरबार घेराउ गर्न भन्दै आज काठमाडौंको भद्रकालीमा भेला भएका हुन् । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई प्रदर्शनीमार्ग्स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामा माग गरेका थिए ।