logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ताप्लेजुङमा खोलाले बगाएर महिलाको मृत्यु


अंकुरण खबर
1.742K
Shares

काठमाडौं – ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका ४ की ४७ वर्षीया सीता भट्टराईको खोलाले बगाएर मृत्यु भएको हो ।

शनिवार दिउँसो साँढे ४ बजे छिमेकीको घरमा घिऊ पुर्‍याउन गएकी भट्टराई बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा बाटोमा रहेको नागदेवा खोलाको किनारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उनको शव बाटोभन्दा करिव २०० मिटर तल भेटिएको थियो। उक्त स्थानमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली गई कानुनी प्रक्रियापश्चात अन्य थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।