logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कारको आरोपमा महानगरपालिका कर्मचारी पक्राउ


अंकुरण खबर
5.85K
Shares

काठमाडौं – बालिका बलात्कारको अभियोगमा काठमाडौं महानगरपालिका कर्मचारी पक्राउ परेका छन ।

११ वर्षीय नाबलिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । कुचिकार प्रमुखको रुपमा कार्यरत पुजारीलाई बालिका बलात्कार गरेको उजुरीको आधारमा आइतबार अनामनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाको स्वास्थ्य जाँच गर्दा बलात्कार भएको पुष्टि देखाएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।