logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य उपचार सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली


अंकुरण खबर
4.173K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपचार पश्चात स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सवा १२ बजे ओर्लेका प्रधानमन्त्रीलाई स्वागत गर्न सर्वसाधारणदेखि नेकपाका नेताहरु पुगेका हुन् ।

लामो समयसम्म विमानस्थलमा प्रधानमन्त्रीको प्रतीक्षा गरेर पत्रकारहरु बसेका थिए । तर उनले पत्रकार सम्मेलन गर्न भने मानेनन् । पत्रकारहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न खोजपनि यसबारे उनले केहि बताउन चाहेनन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत नेताहरु विमानस्थलमा पुगेका थिए ।