logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमबिएस प्रश्नपत्र आउट गरेको आरोपमा ३ जना पक्राउ


अंकुरण खबर
1.001K
Shares

जनकपुरधाम – एमबिएस प्रथम सेमेस्टारको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपनगरपालिका -४ बाट ३ जनालाई पक्राउ गरेको छ ।

परिक्षा हलबाट नै म्यासेन्जरमार्फत प्रश्नपत्र आउट गरी नजिकैको सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा स्थानिय ३० वर्षका लिलाराज शिवभक्तिसहित ३ जानालाई आईतबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम सेमेस्टारको तथ्याङ्कशात्र विषयको परिक्षा सुरु भएपछि परिक्षा हलबाट नै म्यासेन्जरमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको आधारमा प्रहरीले यसमा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुमाथि अनुसन्धान कार्य जारी गरेको प्रहरीले बताएको छ ।