काठमाडौं – सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले लामो समयसम्म विमानस्थलमा प्रतीक्षा गरेर बसेका पत्रकारहरुसँग बोल्न माननेन् । तर सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिएका छन् ।
ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद भनेका छन् । उनले उपचारमा संलग्न चिकित्सकको टोलीप्रति आभार व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओली उपचार पश्चात आज सवा १२ बजे विमानस्थलमा ओर्लेका थिए ।
सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ।
परिक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु।
मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्यलाभको कामना गर्नु हुने सवै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।— K P Sharma Oli (@kpsharmaoli) August 12, 2019