logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.612K
Shares

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको प्रदेश ३–०३ ००१ प ९२२ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका युवकलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।