काठमाडौं – रोजगारीका लागि जापान जाने नेपाली नर्सिङ केयर गिभरका लागि कार्तिक १० र ११ गते भाषा परीक्षा र कार्तिक १९ र २० गते सीप परीक्षण गर्ने भएको छ ।
परीक्षणमा पुरुष र महिला दुबै सहभागि हुन पाउने बताइएको छ । नेपालवाट १४ क्षेत्रमा कामदार लैजाने घोषणा गरेपनि पहिलो बर्ष एक क्षेत्रमा मात्रै कामदार लैजान लागिएको हो ।
भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् ।