logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा सांसद् सूर्यनारायण यादवले दिए राजीनामा


अंकुरण खबर
1.872K
Shares

काठमाडौं – सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डाक्टर सूर्यनारायण यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रतिनिधि सभामा सभामुख कृष्णवहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामाको विषयमा निर्णय हुन बाँकी रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ । उनले स्वास्थ्यको कारण देखाउदै राजीनामा दिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचित भएपछि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनी केही समयदेखि असन्तुष्ट थिए । यादवको राजीनामा स्वीकृत भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ । प्रतिनिधि सभा अन्र्तगत कास्की क्षेत्र नम्बर दुईको पदपनि रिक्त रहेको छ ।

सो क्षेत्रका सांसद रबीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । स्थानीय प्रदेश र प्रतिनिधिसभा गरेर देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन् ।