काठमाडौं – प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा एक अर्ब ७३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसमध्ये सबैभन्दा वढी राजस्व वन क्षेत्रबाट संकलन भएको छ । प्रदेशका १३ जिल्लाबाट वन क्षेत्रबाट प्रदेश सरकारले ७८ करोड भन्दा बडी राजस्व संकलनगर्न सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका निजी सचिव नवराज पुडासैनीले जानकारी दिए ।
यसैगरी समूह कोष तर्फ ६५ करोड २१ लख रुपैयाँ राजस्व संकलन गरिएको छ । सरकारी सञ्चित कोषमा १३ करोड ६३ लाख र उद्योग क्षेत्रमा १५ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको उनले बताए ।