logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार गरी फरार


अंकुरण खबर
3.263K
Shares

काठमाडौं – अर्घाखाँचीको भुमिकास्थान नगरपालिका, ७ को नुवाकोटमा खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् ।

ससुराली पुगेका चिरन घर्तीले श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएका छन् ।

घाइते तीनैजनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । चिरन भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।