logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको आज कति पुग्यो ?


अंकुरण खबर
975
Shares

काठमाडौं – सुनको भाउले नयाँ उचाईं छोएको छ । केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको हो ।

मंगलबार नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुन तोलामा ७० हजार ७ सय रुपैयामा कारोबार भएको छ । सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भएको छ । मंगलबार चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।सुनको भाउचाँदी ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो

सुनको भाउमा लगातारको बृद्धि भएपछि केही समयदेखि सुन पसलहरुमा ग्राहकको भिड घटेको छ ।