काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार फेरि गिरावट आएको छ । अघिल्लो दिन झिनो सुधार देखिएको परिसूचक आज पुनः ओरालो लागेको हो ।
आज परिसूचक २ दशमलव ७८ अंकले ओरालो लागेको छ । परिसूचकमा ओरालो लागेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । आज ४८ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । उक्त शेयर कारोबार १६५ कम्पनीको १८ लाख ९६ हजारभन्दा बढी कित्ता किनबेच भएको थियो । आज सामूहिक लगानी कोष उपसमूहबाहेक सबै उपसमूहमा गिरावट आएको छ ।
मंगलबार सबैभन्दा बढी माछापुच्छ्रे बैंकको कारोबार भएको छ । समग्र परिसूचकमा गिरावट आए पनि युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएमा छन् । यस कम्पनीको शेयर मूल्य साढे सात प्रतिशतले बढेको छ । र सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ ।