काठमाडौं – पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ ।
भाटभटेनी सुपर मार्केटनजिकै रहेको फर्निचर, कार्पेट, चस्मा पसल, फलफूल र जुस पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन। आगो लागेपछि तीन वटा दमकलले निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।