logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मौसमः दिनभर घाम लाग्छ ? बदली र वर्षाको सम्भावना कुन क्षेत्रमा कस्तो ?


अंकुरण खबर
1.339K
Shares

काठमाडौं –  देशको मध्य तथा पूर्वी तराईका क्षेत्रमा हाल आंशिक बदली तथा अरु क्षेत्रमा सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमको पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ । देशका धेरैजसो स्थानमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

काठमाडौं उपत्यकामा बिहानै घाम लागेको भए पनि अपराहन्नपछि सामान्य बदली रहेको छ । बुधबार राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।