logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घाँटी थिचेर श्रीमतीको हत्या पछि श्रीमान् फरार


अंकुरण खबर
4.082K
Shares

काठमाडौं – सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले मंगलबार श्रीमतीको हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको हुन् ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए । घाइते श्रीमतीलाई उपचारका लागि विराटनगर लगिएपनि उपचारकै क्रममा आनन्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।