द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले बेपत्ता पारिएका व्यक्तिको छानबिन एवं सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनको लागि बनेको वर्तमान सिफारिस समिति भंग गरि नयाँ सिफारिस समिति बनाउन माग गरेको छ ।
संजालले बुधबार पे्रस विज्ञप्ती जारी गर्दै वर्तमान समितिले पीडितको पक्षमा काम नगर्ने भएकालेद्वन्द्व पीडितको सहभागिमा नयाँ सिफारिस समिति पुनर्गठन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सञ्जालले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको कानुन संशोधन पछि मात्र आयोग गठन गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ । आफ्ना मागको संवोधन नगरे वास्तबिक पीडितहरु अन्तर्राष्ट्रिय निकायसम्म पुग्ने संजालका महासचिव फडिन्द्र लुइटेलले बताए ।