काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक विहिवारसम्मका लागि स्थगित भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थागित भएको हो । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी कायमै रहेपछि अध्यक्षद्वय सहमति जुटाउन छलफलमा जुटेका थिए । यो विषयमा पछिल्लो समय अध्यक्षद्वयबीचमै विवाद भएको छ ।
स्कुल विभागमा जस्तै युवा, महिला र मजदुर विभाग गठनमा पनि विवाद भएको छ । दुई पार्टीको भागवण्डाअनुसार पूर्वमाओवादीको भागमा परेको मजदुर विभागमा अहिले पूर्व एमालेले पनि दाबि गरेको छ । जनवर्गीय संगठनको नेतृत्वबारे पूर्व एमालेमा पनि विवाद देखिएको छ ।