logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीको राजविराजमा दुई समूहबीच झडप हुँदा २० जना घाइते


अंकुरण खबर
1.937K
Shares

काठमाडौं – सप्तरीको राजविराजमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन् । सिटी रिक्सामा भएको सामान्य विवादले उग्ररुप लिएपछि बुधबार राति दुई समूहबीच झडप हो ।

झडप परी घाइते भएका १३ जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका सात जनालाई भने उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाईएको छ ।