logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सप्तरीको राजविराजमा दुई समूहबीच झडप हुँदा २० जना घाइते


अंकुरण खबर
1.976K
Shares

काठमाडौं – सप्तरीको राजविराजमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन् । सिटी रिक्सामा भएको सामान्य विवादले उग्ररुप लिएपछि बुधबार राति दुई समूहबीच झडप हो ।

झडप परी घाइते भएका १३ जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका सात जनालाई भने उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जनाईएको छ ।