काठमाडौ – नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । आज सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । त्यस्तै तेजाबी सुन आज तोलामा ७१ हजार २ सयमा कारोबार भएको छ । चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।