logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पुडासैनीको अन्तिम भिडियो सार्वजनिक, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु’ : रवि लामिछाने


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन् ।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो ।

समाचार पोर्टल नेपाल आजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम ’सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

प्रहरी भन्छ अनुसन्धान हुँदैछ,

चितवनका प्रहरी प्रमुख उपरीक्षक दानबहादुर मल्ल घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । मृतकको साथबाट बरामद मोबाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आज आएपछि प्रहरी अघि बढ्ने उनले बताए । अहिलेसम्म किटानी जाहेरी नपरेको उनले जानकारी दिए । प्रहरी आफैंले किटानी जाहेरी गर्न सक्ने बताउदै उनले ल्याबको रिपोर्ट आज आउने र त्यसपछि अघि बढ्ने बताए । मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन् । ‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ’, मल्लले भने, ‘अब पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ । म त्यो प्रकृयामा लागिसकेको छु ।’ मल्लले मृतकको मोबाइलमा रहेको भिडियो सार्वजनिक कसरी भयो आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन् । ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ’, लामिछानेले ट्वीटरमा लेखेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

रवि लामिछानेलाई दोष देखाउँदै आत्महत्या गर्नु अघिको पुडासैनीको अन्तिम भिडियो: