अमेरिका – अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानमा छ सुरक्षाकर्मी घाइते भएका छन् ।
फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका हुन् । बन्दुकधारीले नौ घन्टासम्म पनि आत्मसमर्पण नगरेको प्रहरीले जनाएको छ ।
गोली हान्ने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास भने जारी छ । बन्दुकधारी रहेको भवनमा फसेका तीन प्रहरीको भने उद्दार गरिएको छ । लागूऔषध कारोवारमा सग्लनलाई प्रहरीले खोजी गरिरहेको समयमा बिहीबार विहान गोली हानाहान भएको हो ।