logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ


अंकुरण खबर
1.3K
Shares

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नर्ससमेत रहेकी कार्कीलाई नेपाल प्रहरीको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन लगिएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ ।

पुडासैनीले कार्कीसहित तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् । एसपी मल्लले भने, ‘पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ । कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन।’ आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नु परेको कुरा उल्लेख छन् ।