logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री फेरी अस्वस्थ, नेकपा सचिवालय बैठक पुन: स्थगित


अंकुरण खबर
1.547K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलि (शुक्रबार) सम्मको लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष के. केपी शर्मा ओलीको स्वास्थ्यमा थोरै प्रतिकुलता भएको कारणले औपचारिक बैठक स्थगित भएको नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । ओलीको स्वास्थ्य ठिकै भएपनि सचिवालय सदस्यले नै स्वास्थ्यस्थितिमा केही सुधार आएपछि शुक्रबार बैठक बस्न आग्रह गरेको उनले जानकारी दिए ।

नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।