logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार रवि लामिछाने पक्राउ


अंकुरण खबर
1.469K
Shares

न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले आज न्युज २४ टेलिभिजनको कार्यालयबाट लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले आत्माहत्या गर्नु अघि सार्वजानिक गरिएको भिडियोको आधारमा सो घटनाबारे छानबिन गर्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरी आजै दिउसो काठमाडौंको कलंकीबाट पुडासैनीले आरोपित गरेकी ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीलाई पनि पक्राउ गरी चितवन गरेको छ ।